सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची, ७ बैशाख । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँची ले विभिन्न कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ ।
स्थापना दिबसको अबसरमा जिल्ला का विभिन्न बिधालयहरुबाट कक्षा ८ मा उत्कृष्ट बिधार्थीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रम नेपाल निजामती कर्मचारी सगठनका जिल्ला अध्यक्ष गोबिन्द केसीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी सगठनका केन्द्रीय सदस्य कबिसिह कठायत डिभिजन बन अधिकृत अजय बिक्रम मानन्धर जिल्ला न्याधिबक्ता हरि घिमिरे सगठनका नेताहरु हरिषचन्द पान्डे भुकम्प प्राधिकरण का बलाराम मिश्र नेपाल पत्रकार महासघका अध्यक्ष हिम जिसि प्रदेस सदस्य सोभाखर पन्थि लगाएको उपस्थिति रहेको थियोे ।
कार्यक्रम जिल्ला सचिब दिलिप केसीको सन्चालन उपाध्यक्ष सिला पोख्रेलको स्वागत मन्तब्यमा सुरु भएको थियो ।