प्रकासित मिती: बैशाख ३ गते २०७६
अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची, बैशाख ३ गते २०७६ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका १० धनचौरमा पहिलो पटक बस सेवा शुरु भएको छ ।
बस सेवाको पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी एक कार्यक्रमका बीच रिबन काटी उद्घाटन गरेका थिए ।
उता धनचौरमा पहिलो पटक बस सेवा शुरु भएपछि स्थानियबासीमा खुशियाली छाएको छ । पहिलो पटक बस गएपछि स्थानियबासीले फुल माला, अविरले स्वागत गरेका थिए ।
बस सन्धिखर्कबाट गच्छेखोला, ढिकुरा हुँदै तथा नरपानी -ढिकुरा हुँदै धनचौर संचालनमा ल्याइनेछ ।