खाचिकोटको खाँचीमैदानमा ३ दिने सासु बुहारी बीच अन्तरक्रिया कार्यक्रम समापन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीमैदान, अर्घाखाँची अर्घाखाँची ०८ बैशाख (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ खाचिकोटको खाँचीमैदानमा ३ दिने सासु बुहारी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।    
सन्धिखर्क नगरपालिका वार्ड न ७ खाचिकोटले आयोजना गरेको ३ दिने सासु बुहारी बीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुुर कुमार वि.क किशोरको प्रमुख आतिथ्यतामा सम्पन्न थियो । वडा न ७ द्धारा आयोजित ३ दिने सासु बुहारी बीच अन्तरक्रिया कार्यक्रमको समापन गदै नगर उपप्रमुख वि.कले महिला परिबारको गहना भएकोले महिला शिक्षित भएमा परिबार समाज नगर जिल्ला राष्ट्र शिक्षित भई सबै शिक्षित हुने हुदा नगरले विकास निर्माणको कामको साथसाथै सचेतनामुलक कार्यक्रमलाई पनि प्रत्येक टोल टोलमा लैजाने बताउनुभएको थियो ।
कार्यक्रममा सहभागिताको तर्फबाट शेभीकला झाकी्रले मन्तब्य राख्दै आफुहरुलाई बाखा्रपालन कुखुरापालन तालिमको साथसाथै सचेतनामुलक कार्यक्रम दिनुको विकल्प नरहेको बताउनुभएको थियो ।
कार्यक्रम वडा न ७ अध्यक्ष का प्रितम बहादुर थापाको अध्यक्षता महिला बालकालिका तथा समाज कल्याण उपशाखा सहसयोजक पुष्पा भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला संयोजक बेलकुमारी परियार लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका सहसचिब अनिल नेपाली सदस्य बाबुराम रसाइली लगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु