सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ उपल्लो लाईनमा खुलेको बजाज शोरूमको बुधबार औपचारिक शुभारम्भ भएको छ ।
जिल्लाका लागी बजाज मोटरसाइकलहरुको अधिकृत बिक्रेता बस्याल ब्रदर अटोलिङ्क प्रालीले आज एक भब्य समारोहका बिच आफ्नो बजाज स्वरुमको उद्घाटन गरेको हो ।
सन्धिखर्क नगरपालिका १ मा अबस्थित प्रालीको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्वरुमको उद्घाटन गरे । स्वरुमको उद्घाटन गर्दै भुसालले प्रालीले अघाखाँचीमा बजाज मोटरसाइकलको स्वरुम विस्तारले आम नागरीकमा सहयोग पुगेको बताए । उनले मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको बताउँदै अटोलिङक संचालनले युवा युवतीहरुलाई रोजगार दिनुले एउटा उदाहरणीय काम गरेको बताए । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आज एक कार्यक्रम बीच बजाज कम्पनी बाइक सो( रुमको उद्घाटन भएको हो । कार्यक्रम बजाज कम्पनीका प्रोपाइटर अभिमिन्यु गोल्छा ,प्रमुख जिल्ला अधिकारि प्रेमलाल लामिछाने,प्रहरी नायव उपरीक्षक नवराज मल्ल लगायतको उपस्थिती रहेको थियो ।

बिगत १ बर्ष अघि देखि सन्धिखर्क बाट ग्राहकहरुलाई सेवा दिंदै आएको बजाज स्वरुमले सेवा दिइरहेको छ । स्थापना भए देखि ३ सय २२ वटा बाइक बिक्री गरि सकेको बताइको छ । सन्धिखर्कमा आज उद्घाटन गरिएको बजाज स्वरुमबाट बिबिन्न किसिमका बजाज बाइकहरु अब देखि ग्राहकहरुले खरिद गर्न सक्नेछन् । कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म मोटरसाइकल नभइ नहुने भइसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ ।
नेपालमा बजाजका मोटरसाइकल लोकप्रिय छ । बजाजले विभिन्न आर्थिक स्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ । कार्यक्रम स्वरुमका प्रबन्ध निर्देशक नाराणय बस्यालको अध्यक्षता , ब्यबस्थापक निराजन बस्यालको स्वागत मन्तब्य तथा संचालन श्रीधर भण्डारीको रहेको थियो ।