सन्धिखर्कमा एक दिने निशुल्क घुम्ती शिविर सम्पन्न

सागर महत 
सन्धिखर्क वैशाख ०९, अर्घाखाँची । अपाङ्ग बाल अस्पताल पुनस्थापना केन्द्र तथा सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा एक दिने  निशुल्क घुम्ती शिविर सन्धिखर्कमा सम्पन्न भएको छ ।
विशेष गरि विभिन्न समस्या बाट अपाङ्गता भएका अर्घाखाँची सम्पुर्ण नगरपालिका गाउँपालिकाका बालबालिकाले प्रत्यक्ष लाभ लिएका छ्न ।
शिविरमा काठमाडौ बाट आएको विशेषज्ञ डाक्टर द्दारा सेवा दिएको थियो।शिविर बाट ७०जना ब्यक्तिले प्रत्यक्ष लाभ लिएको सक्षम परियोजना अर्घाखाँचीका सुपरभाईजर लेखनाथ आचार्यले बताउनु भयो ।
काठमाडौमा पाउने सुविधा आफ्नै जिल्ला पाएपछि, अपाङ्गता भएका अभिवावक खुशी भएका थिए । 
यता अर्घाखाँची जिल्लामा २बर्ष देखि आफ्नो सेवा प्रदान गर्दै आएको परियोजनाले हाल सम्म ३३९ जना अपाङ्गता भएका बालबालिका सेवा लिनुको साथै २९५ जनाले सहायता सामाग्राी लिएका छन्। भने ३२ जना बालबालिका लाई शैक्षिक सामाग्री  प्रदान गरीएको बताएको छ । 

अन्य समाचारहरु