ढिकुराको सुर्सीङ जङ्गलमा भीषण आगलागी, २४ घन्टा हुँदासम्म अझै नियन्त्रणमा आउन सकेन्

श्याम घिमिरे 
ढिकुरा, अर्घाखाँची बैशाख १४ – भुमिकास्थान नगरपालीका ९ ढिकुरा सुर्सीङको जङ्गल (सुर्सिङ भन्दा यता गैरागोठ भन्दा उता बिचमा) मा हिजो बेलुका देखि लागेको  भीषण  आगलागी अझै सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । 
आगो सुर्सीङ बस्तीको नजिकै पुगेको स्थानिय बिन्दु घिमिरेले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । 
उक्त क्षेत्रमा हावा चलेको कारण आगो नियन्त्रण गर्न समस्या परेको बताईएको छ । आगोलाई नियन्त्रण गर्न स्थानिय बासीन्दा , नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी र दमकल सहितको टोली हिजो देखिनै खटीएको छ । 
आगो निभाउने प्रयास भैरहेपनी अझै सम्म आगो नियन्त्रणमा नआएको स्थानीयहरुले जनाकारी दिएका छन । अहिले पनि आगोलाई नियन्त्रण गर्न प्रयास भईरहेको छ । 
स्थानीयहरुले आगो नियन्त्रणमा सहयोग गरीदिनुहुन सबैलाई अनुरोध समेत गरेका छन ।

अन्य समाचारहरु