सन्धिखर्कमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । ट्राफिक प्रहरीकाे चाहना ,सुरक्षित यात्राकाे कामना भन्ने मुख्य नारा सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीकाे अायाेजनामा सडक सभ्यता अभिवृद्धि मुलक सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सन्धिखर्कमा शुरु भएको छ । 
 ट्राफिक प्रहरीकाे चाहना ,सुरक्षित यात्राकाे कामना भन्ने मुख्य नारा सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीकाे आयाेजना र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सह आयोजनामा आज शनिबारदेखि सप्ताह व्यापी सडक सभ्यता अभिवृद्धि मुलक ट्राफिक सचेतना कार्यक्रमको सुरूवात भएको हो ।
उक्त कार्यमा यस विद्यालयका शिक्षक विद्यार्थीहरूको सक्रिय सहभागिता रहेसँगै ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक कार्यालयलाई आवश्यकिय सहयोगको लागि समन्वय गरि अघि बढ्ने समझदारी भएको छ ।
सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रमको सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भुसालले गरेका थिए । 

अन्य समाचारहरु