गोखुङ्गाको सुर्य माविमा छात्रवृत्ति, पुरस्कार वितरण एवं अभिभावक भेला सम्पन्न

श्याम घिमिरे 
गोखुङ्गा, बैशाख १४ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका वडानम्वर ९ गोखुङ्गामा रहेको सुर्य माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०७५ को छात्रबृत्ति बितरण तथा अभिभाबक भेला सुक्रबार सम्पन्न भएको छ । 
कार्यक्रममा मनतब्य राख्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बिद्यालयको चौतर्फी बिकासमा सबै अभिभाबकहरुको महत्वपुर्ण भुमिका रहने हुनाले शिक्षा क्षेत्रको बिकासको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।
 
कार्यक्रममा बिद्यालयका प्रअ डुक प्रसाद पौडेल,बि.व्य.स. सदस्यहरु,बिद्यार्थीका अभिभाबक लगायतले बिद्यालयको पठनपाठनलाई कसरी स्तरीय बनाउन सकिन्छ भन्ने बिषयमा आआफ्नो धारणा समेत राखेका थिए । सोही अबसरमा शैक्षिक सत्र २०७५ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने बिद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरीएको थियो । 

अन्य समाचारहरु