बाँगीमा शहिदको सम्झना प्रवेशद्धार निर्माण

सागर महत 
बाँगी, वैशाख १४, अर्घाखाँची । नेकपा मालारानी गाउँपालिका वाड नं.५ बाँगीको आयोजनमा शहिद गोविन्द बहादुर पाण्डेको प्रन्धौ स्मिृती दिवस तथा प्रवेशद्धार उद्घाटन कार्यक्रम  आरुखोरमा सम्पन्न भएको छ ।  
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्काले गोविन्द पाण्डेले देखाएको सपना पुरा गरेर छोड्ने बताउनुभयो । उहाँले अन्य सहिदहरुका परिवारजनहरु प्रति सान्त्वना प्रदान गर्दै उनीहरुका छोराछोरीहरुलाई रोजगारको लागि पनि पहल गर्ने बताउनुभयो । 
प्रदेश सदस्य चेत नारायण आचार्यले शहिद परिवारलाई प्रदेशबाट पनि बजेटको पहल गर्ने बताउनुभएको छ । 
कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र राज मरासिनी, शहिद गोविन्द बहादुर पाण्डे कि श्रीमती माया पाण्डे, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मान बहादुर पाण्डे, मालारानी ५ वडा सदस्य संकर महत, कौशिला आचार्य, सिता विक, पत्रकार नविन के.सी, सागर महत लगायतको उपस्थिीती रहेको थियो ।
 कार्यक्रममा वडा अध्यक्ष सोभाकर भुसालको अध्यक्षता, वडा सदस्य डाल बहादुर चौहानको स्वागत र बसन्त खड्काको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु