अर्घाखाँचीमा विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला सदस्य चुत्राबेसीबाट पक्राउ

                                                                                                                                           file

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई जिल्ला सदस्य पक्राउ परेका छन् । 
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई जिल्ला सदस्य बालकृष्ण भलामी र शंकर शाही सन्धिखर्क नगरपालीका वडा नं. २ चुत्राबेसीबाट सोमबार पक्राउ परेका हुन् । उनिहरुलाई चन्दा मागी आतंक फैलाएको आरोपमा प्र्काउ गरिएको प्रहरीले बताएको छ । 
उता गत  वैशाख ६ गते शुक्रवार विप्वल नेतृत्वको नेकपामा माओवादी अर्घाखाँची जिल्ला सदस्यहरु हामबहादुर रायमाझी र देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएका थिए । 
यस्तै यसअघि गत २०७५ चैत्र २१ गते विहीवार विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजिनामा दिएका थिए । 
    
चुत्राबेसीबाट सोमबार पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई जिल्ला सदस्यको प्रहरीले सार्वजनिक गरेको विवरण यस्तो छ ।  
 
१) नाम- बालकृष्ण भलामी 
उमेर – २७ वर्ष
शैक्षिक योग्यता- एस.एल.सी.पास 
ठेगाना- जिल्ला अर्घाखाँची मालारानी गाउपालीका वडा नं. ६ साकिनधारा 
बाजेको नाम – चुडामणी भालामी
बाबुको नाम – छवीलाल भलामी
विस्तृत विवरण- २०७१ साल देखि कलाकारको रुपमा विप्लव समुहमा प्रवेश गरेको । विगत ६/७ महिना देखि जिल्लाको विभिन्न स्थानमा संगठन विस्तारको कार्यक्रम गर्दै आएको र हाल विप्लव समुहको अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा मालारानी गाउँपालीका ईन्चार्जको हैसियतमा काम काज गर्दै आईरहेकोमा सरकारले सम्पुर्ण गतिविधी माथी रोक लगाएकोमा मिति २०७६ बैसाख १४ गते १४:३० बजेको समयमा जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालीका वडा नं. २ घोचेखोला सडकमा हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको । काठ व्यवसायीहरुसंग चन्दा मागी आतंक फैलाएको, कसैले दिएको पुष्टी नभएको । १/२ महिना देखि जिल्लामा चन्दा माग लगायतको गतिविधी गरेको ।
२) नाम- शंकर शाही
उमेर- २१ वर्ष
शैक्षिक योग्यता- दश पास
ठेगाना- जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं. ३ धारापानी 
बाजेको नाम- हिरा बहादुर शाही
बाबुको नाम- डिलामणी शाही
विस्तृत विवरण- २०७५ साल भाद्र महिना देखि विप्लव समुहमा लागि हाल यसै समुह अन्तर्गत जिल्ला कमिटी सदस्यको हैसियतमा काम काज गर्दै आईरहेकोमा सरकारले सम्पुर्ण गतिविधी माथी रोक लगाएकोमा मिति २०७६ बैसाख १४ गते १४:३० बजेको समयमा जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालीका वडा नं. २ घोचेखोला स्थित निजको दिदि मन्जु कुँवरको डेरा कोठाबाट नियन्त्रणमा लिईएको । 

अन्य समाचारहरु