सन्धिखर्कमा जग्गा अतिक्रमण, प्रशासन र सन्धिखर्क नगरपालिकाबाट प्रतिवेदनको फाइल गायब


वीरेन्द्र केसी कान्तिपुर 
सन्धिखर्क, अर्घाखाँची ।   सदरमुकामको जग्गा अतिक्रमणमा परेको विषय यहाँ आयोजना हुने बहसमा बारम्बार जोडतोडले उठ्ने गर्छ । सार्वजनिक जग्गामा घर र घडेरी निर्माण भएको गुनासो बढेपछि तत्कालीन माओवादी जिल्ला नेता रामबहादुर रायमाझीको नेतृत्वमा सर्वदलीय जग्गा अतिक्रमण छानबिन समिति पनि गठन भयो । समितिले जिल्ला प्रशासन र साबिकको सन्धिखर्क गाविसलाई प्रतिवेदन बुझायो । 
अहिले प्रशासन र सन्धिखर्क नगरपालिकाबाट प्रतिवेदनको फाइल गायब पारिएको छ । समितिका संयोजक रायमाझी र कुनै सदस्यसँग प्रतिवेदन छैन । प्रत्येक पटक नयाँ प्रमुख जिल्ला अधिकारी आउँदा मिचिएको सार्वजनिक जग्गा छानबिन गर्ने कुरा उठ्छ । पछि सेलाएर जान्छ ।
अधिवक्ता जगन्नाथ भुसालले जग्गा अतिक्रमण भएको बारम्बार कुरा उठे पनि कहिल्यै निकास नपाएको बताए । दलीय आडमा जग्गा कारोबारीले खोल्सा, खोला मिचेर घडेरी बनाएर सोझा व्यक्तिलाई बित्री गरेको उनले बताए । शक्ति र सत्ताको आडमा जग्गा मिचेर घर बनाएका छन् । सम्बन्धित निकायले सधैं प्रतिबद्धता जनाउने तर कहिल्यै वाचा पूरा नगरेको ऊनले बताए ।
‘दलका नेता र शक्तिको आड रहेकाले मात्र अतित्रमण गरेका छन्,’ उनले भने, ‘उनीहरूलाई कारबाही गर्न, घर भत्काउन कसैले आँट गरेनन् ।’ सन्धिखर्क, चुत्राबेंसीमा यसरी जग्गा मिचेर पक्की घर ठडिएका छन् । करबाही गर्छौं भनेर कुरा उठाउने तर सबै तैं चुप मै चुप भएर बसेको उनले बताए । ‘त्यस्ता व्यक्ति एउटा–एउटा दलमा आबद्ध छन्,’ उनले भने, ‘कार्यकर्ता भनेर संरक्षण फाएका छन् ।’
सदरमुकाममा सडक, खोल्साखोल्सी, खोला, बगर र वन मिचिने क्रम बढदो छ । सदरमुकाम आत्रमणका बेला जग्गा जलेर नष्ट हुँदा जिल्ला नक्साविहीन भएकाले सार्वजनिक जग्गामा घर बनेका हुन् । सार्वजनिक जग्गा संरक्षण गर्ने निकाय नै चुप लागेर बसेपछि अरू उफ्रेर केही नहुने उनको तर्क छ । ४ वर्षअघि ३ लाख रुपैयाँ खर्च गरेर अनुगमन समिति बन्यो, प्रतिवेदन तयार गरेको सुनियो खै त्यो प्रतिवेदन ? उनले प्रश्न गरे ।
घर निर्माणका मात्रै नभएर स्कुलका पनि जग्गा अतिक्रमण भएका छन् । गाउँका मुख्य चोकमा पनि जग्गा मिचिएका छन । त्यसमा फनि दलकै नेता छन् । त्यस्ता व्यक्ति सधैं शत्तिको आडमा घुम्छन् । अतिक्रमणवालाले छानबिन गर्ने निकायलाई नै आर्थिक र अन्य प्रभावमा परेर सधैं ओझेलमा पार्न सक्रिय भइरहेका छन् ।
सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले कहाँ, कसले कति सरकारी जग्गा मिचेर घर घडेरी बनाएका छन् लिखित उजुरी दिएमा आफूले डोजर लगाएर भत्काउने दाबी गरे । जग्गा अतिक्रमण भयो भन्ने कुरा सधैं उठ्छ तर कारबाही गर्न प्रमाण चाहिन्छ, उनले भने । विशेष नापी कार्यालय प्रमुख खिमबहादुर रानाले पुरानो नाप नक्साका आधारमा हेर्दा धेरै जग्गा मिचिएको उनले दाबी गरे । हामीले खोज्दैछौं, छिट्टै सरकारी र निजी जग्गाछुट्याउँछौं, उनले भने ।

अन्य समाचारहरु