प्रकासित मिती: बैशाख १५, २०७६
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ३९० घण्टे बिल्डिङ्ग ईलेक्ट्रिसियन (हाउस वायरिङ ) तालिम शुरु भएको छ ।
नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ईभेन्ट परियाेजना र द वल्ड बैंककाे सहयाेगमा जिम करियर ईन्स्टिच्युट प्रालि ( जे.सि.आई ) नेपाल सन्धिखर्क अर्घाखाँचीकाे आयाेजनामा ३९० घण्टे बिल्डिङ्ग ईलेक्ट्रिसियन (हाउस वायरिङ ) तालिम शुरु भएको हो ।
तालिमको सन्धिखर्क नगरपालिका २ नं वडा अध्यक्ष माेतिजंग रायमाझीले उद्घाटन गरेका थिए । तालिमकाे उद्घाटन गर्दै वडाध्यक्ष रायमाझीले सीप जीवन जिउने आधार भएकाे बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,पत्रकार श्याम घिमिरे,प्रशिक्षक मिना आचार्य लगायतले शुभकामना मनबब्य राख्दै तालीमलाई ब्यबहारमा उतार्नुपर्ने बताउनु भएको हो । सि.टि.ई.भि.टि बाट मान्यताप्राप्त लेबल वानको ओमेन उईन्डो तालीममा जिल्लाभरबाट २० जना महिलाहरुको सहभागीता रहेको छ । कार्यक्रम तालीम संयोजक नबराज बन्जाडेको अध्यक्षता र बसन्त श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।