प्रकासित मिती: बैशाख १५, २०७६
श्याम घिमिरे
बैशाख १५ अर्घाखाँची – कमला माध्यमिक विद्यालय पाणिनि ८ पालीको ६७ औ वार्षिकोत्सब तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ ।
वार्षिकोत्सबको उद्घाटन गर्दे गाउँपालिका अध्यक्ष अच्युत गौतमले अभिभावकले छोराछोरिलाई भन्दा पैसा लाई धेरै माया गरेको बताए । उनले शुल्क तिरेर विद्यार्थी विद्यालयमा गएको छ भने ध्यान दिने तर, निशुल्क शिक्षामा पढ्ने बिद्यार्थीलाई अभिभावकले वेवास्ता गरेको समेत बताए । अभिभावकको वेवास्ताले सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोले अभिभावक पनि सचेत रहन आग्रह पनि गरे ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले अभिभावक, शिक्षक र विद्यार्थीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताईन । कार्यक्रमा शिक्षा बिकास समन्वय इकाई प्रमुख मनिराम पराजुली, प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थी, वडा सदस्य ओमप्रकाश विक, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण पोख्रेल, नेकपाका प्रतिनिधि कौशर अली, काँग्रेसका सभापति यज्ञ पौडेल, पत्रकार घनश्याम पौडेल, पूर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष ईश्वरी प्रसाद खनाल, अक्षयकोष दाता गंगाराज अर्याल, छिमेकी बिद्यालयका प्रअ धर्मराज अर्याल, विद्यार्थी विन्दु पौडेल, पूर्व विद्यार्थी दिपक खनाल लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको समग्र बिकासका लागी सबै एकजुट हुनुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रमेश खनालको अध्यक्षता, शिक्षक मिनबहादुर थापाको स्वागत मनतब्य र शिक्षकद्धय रामप्रसाद न्यौपाने तथा शिवलाल पोख्रेलको संयुक्त सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ गोविन्द पन्थीले वार्षिक प्रगती प्रतीवेदन पेश गरेका थिए । २००९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन भईरहेको छ ।