नरपानीको गंगासरोवरमा डुंगा सञ्चालन (भिडियो, तस्बिर सहित)
बैशाख १६ गते, २०७६ मा प्रकाशित
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १६ बैसाख । पर्यटकीय स्थल नरपानीको गंगासरोवरमा आज देखि डुंगा सञ्चालनमा आएको छ । नरपानीमा रहेको गंगासरोवरमा सन्धिखर्क नगरपालिकाले आजदेखि औपचारिक रुपमा डुंगा सञ्चालन गरेको हो । डुंगा सञ्चालन भएपछि स्थानीयहरु हर्षित भएका छन ।
वैदिक विधिपुर्बक पुजाआजा गरि पुर्ब मन्त्री तथा नेपाली कांग्रेसका नेता रेवती प्रसाद भुसालले डुंगा सयर गरेर औपचारिक रुपमा डुंगा सञ्चालनको सुभारम्भ गर्नु भएको हो । कार्यक्रममा मन्तबय राख्दै पुर्ब मन्त्री भुसालले नरपानी क्षेत्र जिल्लाकै पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रको विकासकालागि सबै एक जुट हुन पर्ने बताउनु भयो ।
नरपानी क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न डुंगा सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा अध्यक्षहरु युवराज बन्जाडे, लिलाराम गौतम, प्रितमबहादुर थापा, लक्ष्मीनारायण चुँदाली, नारायण खड्का, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सन्धिखर्क ६ नरपानीका वडा अध्यक्ष कृष्ण बहादुर आचार्यको अध्यक्षता, कार्यपालिका सदस्य यमकला थापाको स्वागत र प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।