माधव खनाल
ढाकाबाङ, अर्घाखाँची वैशाख १७ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा न १ ढाकाबाङका वडाअध्यक्ष भोजराज खनालले सीप सिकेर व्यावहारमा लागू गर्न सकेमा मात्रै आत्म निर्भर बन्न सक्ने कुरा बताउनु भएको छ ।
मंगलवार देखि भुमिकाकास्थान नगरपालिका वडा न १ ढाकाबाङको सिटेनीमा सुरुभएको सातदिने सीप बिकास तालिम मौरीपालन, बेमौसमी तरकारी खेती र झोला बुनाई तालिमको उदघाट्न गर्दै सो को कुरा बताउनुभएको हो सोही कार्यक्रमा मन्तव्य दिनेहरुमा एस एन आर टि पि का (SNRTP ) संयोजक उत्तम नेपाली ,बेमौसमी तरकारी खेतीका प्रशिक्षक दिपक आचार्य ,झोला बुनाइ प्रशिक्षक कालिकुमारी घर्ती ,पत्रकार माधव खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम भुमिकास्थान नगरपालिका कार्यपालिका सदस्य सान्ता खनालको अध्यक्षता खुबिराम खनालको स्वागत र सामाजिक परिचालक मनोज चौधरीको संचालनमा रहेको थियो । एस एन आर टि पि (SNRTP) आस्था नेपालको आयोजना र पुर्वाधार बिकास कार्यालय गुल्मी र फिल्ड कार्यालय अर्घाखाँचीको सहयोगमा सञ्चालन भएको छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न १र २ का ४० जना प्रशिक्षार्थिको सहभागीता रहेको छ ।