विक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची । `श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो´ भन्ने मुल आदर्श वाक्यलाई आत्मसाथ गर्दै १३० औँ अन्तर्राष्ट्रिय मजदुर तथा श्रमीक दिवसको अबसरमा नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीले सन्धिखर्क अस्पताल अर्घाखाँचीमा रहेका विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ ।
फलफुल वितरण गर्दै सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै आजको दिनले आफुले गर्ने हरेक श्रममा आधारीत कार्यहरुमा आप्ःनो हक र अधिकारको निम्ती डटेर अगाडी बढ्नु पर्ने बताए । उनले कसैले पनि श्रमको अबमुल्यन गर्न नहुने भन्दै श्रमको सम्मान गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाली काङ्गेस जिल्ला उपसभापति शान्ता भण्डारीले सम्पूर्ण विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै श्रमीक दिवसको शुभकामना ब्यक्त गरीन् । उनले सरकारको अनुगमन गर्ने संयन्त्र सही रुपमा अगाडी नआउँदा देशका हरेक क्षेत्रमा काम गर्ने मजदुर बर्गहरुले पाउनु पर्ने न्यूनतम पारीश्रमीक नपाएको बताइन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख जगन्नाथ तिवारीले विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीलाई धन्यवाद दिए ।
फलफुल वितरणमा नेपाल यातायात मजदुर संघका केन्द्रिय सल्लाहकार चन्द्र ढकाल , नेपाल ट्रेड युनियन कांग्रेसका पाँच नं. प्रदेस सचिव नन्दराम भट्टराई , नेपाल ट्रेड युनियन कांग्रेस सन्धिखर्क नगरपालीकाका सचिव प्रकास परीयार , सदस्य उमा बस्याल लगायतको उपस्थिी रहेको थियो ।
कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेसस अर्घाखाँची अध्यक्ष सुमन्त बस्याल हरीओमको अध्यक्षता , उपाध्यक्ष राधाराम आचार्यको स्वागत मन्तब्य तथा सचिव गणेशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।