सन्धिखर्कको सडकमा पहिलो पटक जेब्रा क्रसिङ

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको सडकमा पहिलो पटक जेब्रा क्रसिङ गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले पहिलो पटक सन्धिखर्क बजारको ओम पोलिकिल्निक सडक खण्ड जेब्रा क्रसिङ तथा ट्राफिक सचेतना सम्बन्धी जानकारी टाँस गरेको हो ।
ट्राफिक प्रहरीले निजी अस्पताललाई मध्य नजर गरि ओम पोलिकिल्निक अगाडी एक वटा जेब्रा क्रसिङ बनाएको हो । जेब्रा क्रसिङले दुर्घटना न्युनिकरणमा सघाउ पु-याउने प्रहरीले बताए छ । साथै आगामी दिनमा पनि जिल्लाभर जेब्रा क्रसिङ निर्माण गरिदै लैजाने ट्राफिक प्रहरीले बताएको छ ।  
उता जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले ट्राफिक सप्ताह कार्यक्रम मनाइरहेको छ ।  

अन्य समाचारहरु