अशोक पौडेल
नुवाकोट, अर्घाखाँची बैशाख २० । नेपाली कांग्रेस निकट नेपाल महिला संघ भुमिकास्थान नगरपालिका को नगर स्तरीय भेला सम्पन्न भएको छ।
भेला लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस का पुर्ब केन्द्रिय सदस्य कांग्रेस नेता रेवती प्रसाद भुसाल ले राजनितिमा महिलाहरुको सहभागिता बढाउदै महिला ससक्तीकरण को लागी नेपाली कांग्रेस का महिलाहरु अब कुनै पनि जिम्मेवारि पार्टी ले दिएमा जिम्मेवारी बहन गर्ने बेला अाएको बताउदै महिलाहरू आफनो हक अधिकार सुनिश्चित गर्न आँफै लागि पर्न हरेक कुना काप्चामा रहेका दिदी वैनि हरू एक जुट हुनु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका अतिथि हरु नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान पाटी पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल पाटी सचिव छबिलाल पौडेल कांग्रेस युबा नेता तथा भुमिकास्थान नगरपालिका उप प्रमुख खडानन्द वेल्वासे नेपाली कांग्रेस जिल्ला सदस्य हरु प्रेम नारायण वेल्वासे,हेमन्त वेल्वासे लेखनाथ पाण्डे ,ज्ञान बहादुर बिक, बैकुण्ठ थापा ,हुम प्रसाद बन्जाडे, सीता भुसाल ,नेपाली कांग्रेस पुर्ब जिल्ला काेषाध्यक्ष हरि बहादुर खड्का, पुर्ब सह सचीव बाबुराम पौडेल महिला संघ जिल्ला सचिव छमा कार्की भुमिकास्थान नगर संयोजक अशोक श्रेष्ठ सह संयोजक टंक वेल्वासे सदस्य बसन्ता छेत्री नेपाली कांग्रेस संगठन विभाग सदस्य दिनेश जियम प्रचार विभाग सदस्य नारायण खनाल नुवाकोट सचीव मुकुन्द खनाल ,धारापानी सचिब बिष्णु पुन नेपाल शिक्षक संघ अर्थ सचिव कृष्ण पौडेल तरुण दल क्षेत्र न १ सभापति गोपाल खनाल नेबिसंघ सभापति भरत भट्टराई महिला संघ क्षेत्रीय सभापति सरिता अर्याल लगाएत ले मन्तव्य राखेका थिए ।
कार्यक्रम महिला संघ जिल्ला सभापति शान्ता भन्डारी को अध्यक्षता जिल्ला सदस्य चन्द्रा गैरे को स्वागत मन्तव्य महिला संघ जिल्ला सचिव तथा नेपाली कांग्रेस जिल्ला सदस्य संगिता वेल्वासे को संचालन मा सम्पन्न भएको छ ।
यस्तै भेलाले सिर्जना थापा को अध्यक्षतामा नगर स्तरीय १५ सदस्यीय तदर्थ समिति बनाएको छ ।