सन्धिखर्कमा अपाङ्गताहरूकाे सीप तथा आर्थिक क्षेमता अभिबृद्धीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची २०७६ बैशाख २०  ।  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाकाे आयाेजना , अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सक्षम परियाेजना अर्घाखाँचीकाे समन्वयमा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । 
अपाङ्गता भएका ब्यक्तिहरूकाे सीप तथा आर्थिक क्षेमता अभिबृद्धीका लागि गरिएकाे अन्तरकृया कार्यक्रम काे अध्यक्षता नगर उपप्रमुख ठाकुर कुमार बि.क. (किशाेर) ले गर्नु भएकाे थियाे । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरूकाे सीप तथा अार्थिक क्षमता अभिबृधिका लागि जिल्ला तहबाट के कस्ता कार्यहरू गर्न सकिन्छ भन्ने बारे घनिभूत छलफल भएकाे छ । 
उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कमल प्रसाद भुसालले अपाङ्गता भएका ब्यक्तिहरूकाे जीवनस्तर उठाउन नगरपालिका लागि परेकाे बताउनु भयाे ।उहाँले अन्तरकृया बाट प्राप्त सुझावहरू ग्रहण गर्दै हरेक क्षेत्रलाई अपाङ्ग मैत्री बनाउदै लगिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे । कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कार्यक्रम परिणाममुखि हुनुपर्ने बताउदै अपाङ्गता भएका ब्यक्तिहरूलाई उनीहरूकाे अात्मबलकाे विकास गर्दै जिविकाेपार्जनकाे ब्यवस्था गर्नु पर्ने बताउनु भएकाे थियाे । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली ,प्रहरी नायव उपरिक्षक नवराज मल्ल , निमित्त जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरे ,अर्घाखाँची टेक्निकल ट्रेनीङ् स्कूलका प्रिन्सिपल द्राेण प्रसाद भुसाल ,त्रिवेणी सहकारि संस्थाका कमल घिमिरे ,प्रभु बैकका किशाेर गाैतम ,जनता बैंकका दधिराम बेल्वासे ,पत्रकार महासंघका हिम लेकाली लगायतले अाफ्ना भनाई राख्नु भएकाे थियाे ।कार्यक्रममा स्वागत तथा बिषयबस्तु माथी प्रकाश पार्दै अपाङ्ग बाल अस्पताल सक्षम परियाेजनाका प्रमुख लेखनाथ अाचार्यले अपाङ्गताका क्षेत्रमा जिल्लामा भयका कृयाकलापहरू बारे जानकारि दिनु भयकाे थियाे ।
कार्यक्रममा बिभिन्न नगर तथा गाउँपालिकाका अपाङ्गता भएका बिद्यार्थीहरू लाई शैक्षिक सामाग्री पनी बितरण गरियकाे थियाे ।
सन्धिखर्क नगरपालिका शाखा अधिकृत गाेबिन्द के.सी. काे सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क स्थित बिभिन्न कार्यालय, विद्यालय , बित्तिय संस्था ,सहकारि संस्था,महिला संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,अपाङ्गता भएका ब्यक्ति र उनका संरक्षकहरू अपाङ्गताकाे क्षेत्रमा काम गर्ने संस्था , समेतकाे सहभागिता रहेकाे थियाे ।

अन्य समाचारहरु