अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची २०७६ बैशाख २० । पाँच नम्बर प्रदेशको नाम मगरात राखिनुपर्ने माग गर्दै अर्घाखाँचीमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
वैशाख २० गते शुक्रबारका दिन नेपाल मगर संघ, अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै मगर संघ ५ नम्बर प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगरले मगरात कुनै जातीय राज्य नभइ सबै जाति समुदायको इतिहास भएको प्रस्ट्याए । उनले एकीकृत मगरात भूमिलाई टुक्रा पारेर मगरहरुको इतिहास मेटाउने दुस्साहस राज्यले गरिरहेको पनि बताए ।
मन्तव्यकै क्रममा बलालमगरले पहिचानको युद्धमा भारत टुक्रिएर पाकिस्तान र पाकिस्तान टुक्रिएर बंगलादेश बनेको उदाहरण दिँदै नेपालमा त्यस्तो हुन नहोस् भन्न समयमै राज्यले यसतर्फ ध्यान दिनुपर्ने जनाए ।
नेपाल मगर संघ, जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष नेत्र थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स ञ्चालन मगर संघ जिल्ला सचिव ईन्द्र गेलाङमगरको रहेको थियो ।
नेपाल मगर संघ, ५ नम्बर प्रदेश समितिको निर्णयअनुसार प्रदेशका बाह्रै जिल्लामा यसखालको कार्यक्रम सम्पन्न गरिएको हो ।