सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीद्दारा सेवाग्राहीको काम ५ मिनेट भित्र गर्न निर्देशन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले  जनताको काम छिटोभन्दा छिटो कसरी हुन्छ सुशासन पार्दसिता कायम गरि मुस्कान सहितको सेवा दिनका लागि कर्मचारीलाई निर्देशन दिनु भएको छ । 
ज्ञवालीले कर्मचारीलाई सेवाग्राहीको काम ५ मिनेट भित्र गर्नका लागि निर्देशन दिदै जनताको काम छिटो छरितो गरेर सेवा मैत्री वातावरण  बनाउन आफुले सुरुवात गरेको बताउनु भयो । नगरपालिकाले गरेका सबै गतिविधिहरु आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्दै सुशासन पारदर्सिलाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गर्नु भयो । 
ज्ञवालीले नगरपालिका नागरिक बडापत्र, सुझाब पेटिका तथा नोटिस बोर्डको स्थापना गरी खुल्ला सरकारको अबधारणालाई आत्मसाथ गरेको बताउदै आफुले नगरपालिका  भित्रको आर्थिक पार्दर्सिता  नमुना बनाउनका लागि हर-प्रयास गरिरहेकाले सहयोगका लागि आग्रह गर्नु भयो । उहाँले नगरपालिका भित्र  नमुना कामहरु गगासरोबरमा डुङ्गा सन्चालन शान्ति बगैँचा आधुनिककरण भ्युटाबर निर्माण पार्कहरु निर्माण बाटाहरु पिच खानेपानी ब्यबस्थापन जस्ता  कामहरुले दुर्त रुप लिएकोले नगरपालिकाका हरेक अभियानले तिब्रता दिइएको बताउनुभयो । 
ज्ञवालीले बिकासका कामहरु  गर्दा  जनप्रतिनिधी र कर्मचारीको बिचको सम्बन्ध नङ र मासुको जस्तो भएकोले बिकासले दुर्तगति लिन सकेको बताउदै रातदिन खटिएका कर्मचारीहरुलाई प्रोत्साहन गरिने बताउनु भयो । ज्ञवालीले नगरपालिकामा  बायु उर्जाको प्रबन्ध मिलाउन सम्भाब्य क्षेत्रको अध्ययन गर्ने योजनामा रहको र अब त्यसलाई छिटोभन्दा काम अगाडि बढाउने बताउनु भयो । 
ज्ञवालीले आगामी बर्ष नयाँ नयाँ बेरोजगारी समस्या समधान हुने खालका योजना अगाडि सारिने बताउनु भयो । ज्ञवाली नगरपालिकामा आएपछि   सुसासन पार्दसिता कायम गराउन सफल हुनु भएको छ । स्थानिय तहको लामो अनुभब बटुलेका  ज्ञवाली ईमानदार लगनसिल सवछ्व छबिको कर्मचारीको सुचिमा पर्छन् ।

अन्य समाचारहरु