अर्घाखाँचीमा ठाउँको ठाउँ सुधार अभियान सहित ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ठाउँको ठाउँ सुधार अभियान सहित ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नं. १ शान्ति बगैचा स्थित सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यबस्थापन गर्ने उदेश्यले ‘’सडक सभ्यता अभिवृद्धि चेतनामुलक ट्राफिक सप्ताह” समापन भएको हो । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतित्थ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ल, जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधहरु, जिल्ला स्थित सम्पुर्ण यातायात ब्यबसायी समितिका प्रतिनिधिहरु, बिभिन्न कल्वका प्रतिनिधिहरु, समाज सेवी, बुद्धीजिबी, पत्रकार, बिभिन्न स्कुलका बिद्यार्थी, शिक्षकहरु र अन्य सरोकार वाला निकायका प्रतिनिधिहरु लगायत उपस्थिति रहेको थियो । 
उक्त कार्यक्रममा बिभिन्न यातायात ब्यबसायी समितिका उकृष्ट सवारी चालकहरुलाई सम्मान पत्र प्रदान,बिभिन्न बिद्यालयबाट ट्राफिक स्वंयम सेबकको रुपमा खटिएका शिक्षक तथा बिद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान ,चालक सह-चालकहरुको स्वास्थ्य परीक्षण कार्यमा सहयोग गर्ने जिल्ला अस्पताल अर्घाखाँचीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

अन्य समाचारहरु