सन्धिखर्कमा महिला पाठेघर फिस्टुला सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची २०७६ बैशाख २०  । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले मानिस निरोगी हुनका लागि खानपान आहर बिहारमा ख्याल गर्नु पर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाले आयोजना गरेको महिला पाठेघर फिस्टुला सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले गम्भीर प्रकृतिका रोग लागेका बिरामीहरुको समेत जिल्ला मै उपचार हुने खमलका स्वास्थ्य संस्थाहरु अहिले आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले स्वास्थ्य जिबनका लागि आफुमा पनि धेरै कुरा भरपर्ने बताउनु भयो । बिकले नगरभित्र स्वास्थ्यको बिकासका लागि आफुहरु लागि परेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली स्वास्थ्य शाखा प्रमुख पुण पराजुली माया घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु