सन्धिखर्कमा प्रेस युनियन अर्घाखाँचीको पुर्व मन्त्री रेवती प्रसाद भुसालसँग पत्रकार सम्मेलन सम्पन्न

(प्रकासित मिती: २०७६ वैशाख २२, आइतवार)

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँचीले नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालसँग पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
 नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले आईतबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले सरकारको एक वर्ष उपलब्धी विहीन भएको र लोकतन्त्र नै मास्ने खतरा देखिएकाले कांग्रेसले जागरण अभियान सुरुगर्न लागेको बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीले भाषणमा भ्रष्टचारीहरुको अनुहार हेर्दिन भनेपनि व्यबहारमा त्यसो हुन नसकेको भन्दै प्रधानमन्त्री स्वयं भ्रष्टचारीको संरक्षण गर्नमा लागि परेकोे बताउनुभयो । भुसालले दुई तिहाइको दम्भले ओली सरकारले लोकतन्त्रलाई खतरामा पारेको समेत दाबी गर्नु भयो । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, पत्रकारलाई फौजदारी अभियोग लगाउने, व्यवस्थापिका संसदमा हस्तक्षेप गर्ने, भ्रष्ट्रचारीलाई कानुनी दायरामा ल्याउन छाडेर ढाकछेप गर्ने, अदालतमा हस्तक्षेत्र गर्ने लगायतका कार्यले ओली सरकारमा अधिनायकबादको डर रहेको बताउनुभयो । 
अहिले ल्याएको नीति तथा कार्यक्रम औपचारिकता मात्रै भएको बताउदै भुसालले सरकारले जनतालाई गुमराहमा पार्ने काम गरेकोले संसदमा प्रतिपक्षको भुमिका सक्रिय हुनुपर्ने बताउनुभयो । कांग्रेसले गुटलाई व्यबस्थीत गर्न नसक्दा बिगतका निर्वाचनहरुमा पराजय भोग्नुपरेको भन्दै अब कांग्रेस जागरण अभियान र पार्टीको महाधिवेशनबाट नयाँ ढंगले अगाडी बढ्ने दाबी गर्नु भयो । भुसालले राष्ट्रियताको नाराले ओलीले चुनाब जिते पनी पछी त्यसलाई सहीरुपमा कार्यान्वयन गर्न नसक्नु ओलीकालागी बिडम्बना भएको टिप्पणी समेत गर्नुभएको हो ।
नेता रेवती प्रसाद भुसालको प्रमुख अतिथ्यता पार्टीका पुर्व सभापति तथा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपसभापति शान्ता भन्डारी क्षेत्रीय सभापति केशब कुवर महासमिति सदस्य केसब श्रेष्ठ माहाधिबेसन प्रतिनिधि कृष्ण खनाल नेपाल पत्रकार महासंघका संस्थापक सभापति बिस्नु प्रसाद भुसाल लगायतका अतिथिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम जिल्ला सभापति बिरेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष सरिता भुसालको स्वागत मन्तब्य सचिब बिस्नु खनालको सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु