चुत्राबेसीको श्री शिद्धेश्वर शिवालय मन्दिरमा ११ दिने शिवपुराण ज्ञान महायज्ञ शुरू (भिडियो, तस्बिर सहित)
बैशाख २४ गते, २०७६ मा प्रकाशित
(प्रकासित मिती: २०७६ वैशाख २३, सोमवार)
सुर्य भुसाल/ अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल शिद्धेश्वर शिवालय मन्दिर सन्धिखर्क–२ चुत्राबेसीको भक्तिटोलमा आजदेखी सुरु भएको ११ दिने शिवपुराण ज्ञान महायज्ञको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
भक्ति टोलाको श्री सिद्धेशवर शक्तिश्वर शक्तिपिठ प्रङागणबाट बिहान ८ बजे कलश यात्रामा जय जय कार सहित बजार परिक्रमा गरि पाठपुजा हरुको शुरूवात गरिएको छ।
कलश यात्रामा विभिन्न आमा समुह,टोल विकास समिति, विद्यालय, लगायतका संस्थाहरुले आ–आफ्नो ब्यानर सहित सहभागिता जनाएका थिए । भक्तजनहरुले मन्दिर परिसरबाट बिहान कलशयात्रा निकाली सन्धिखर्क बजार परिक्रमा गरी पुुन ः महायज्ञ स्थलमा पुगेर कलशयात्रा समापन गरेका हुन् । कलस यात्रा समापन पछि आयोजित औपचारिक उद्घाटन कार्यक्रममा जिल्ला स्थित स्थानिय निकायका प्रमुख,प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पहिचान झल्किने ऐतिहांसिक धार्मिक क्षेत्रहरुको संरक्षण र संवद्र्धन गर्दे पर्यटन विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । जिल्लाका बजार देखी गाउँ सम्म यसरी हुने धार्मिक गतिविधिले समाजमा आपसि सद्भावको विकास गर्ने उहाँहरुको भनाई रहेको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा नेपालमै पहिलो पटक दुर्लभ दर्शन मानिएको पूर्ण स्फटिक जडित शीवलिङ्ग ठडाएर निर्माण गरिएको सिद्धेश्वर शीवालय मन्दिरको महत्व बुझाउन र धार्मिक,पौराणिक,सांस्कृतिक पक्षको संरक्षण एवं सम्बद्र्धनको निम्ती महायज्ञको आयोजना गरिएको शिद्धेश्वर शक्तिपिठ संचालन समितिका अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।
महायज्ञमा प्रत्येकदिन बिहान ८ बजे देखी साँझ ५ बजेसम्म बरीष्ठ श्रदेय गुरु बेशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) को संगितमय प्रवचन तथा बिबिध धार्मिक कार्यक्रम हुने शिवपुराण ज्ञान महायज्ञ सम्पादन मुल आयोजक समितिका संयोजक डिलाराम भुसालले बताउनु भयो ।