सुर्य भुसाल
डिभर्ना, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले शिक्षाको गुरस्तर सुधार गरेर सरकारी बिधालयहरुमा पनि शिशु कक्षा सन्चालन गरि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराएमा बिधार्थिहरुको शैक्षिक स्तरमा बृर्दि आउने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ ले आयोजना गरेको बिधार्थीहरुलाई लत्ताकपडा तथा शैक्षिक सामाग्री बितरण गर्दै नगरप्रमुख भुसालले शिक्षाक्षेत्रको बिकासका लागि नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा अहिले को अाबस्यक्ता रहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालिले शैक्षिकसत्रदेखि अङ्ग्रेजी माध्यम लाई तल्लो कक्षा देखि सरकारि बिधालय ले लागू गर्नु पर्ने बताउदै स्थानिय सरकार सन्चालन एैन अनुसार शैक्षिक क्षेत्र को बिकास गरिने बताउनु भयो ।कार्यक्रममा वार्ड नम्बर १२ का अध्यक्ष नारायण खड्का ले बिधार्थि हरुको मनोभावना बुझेर वार्ड भित्र शैक्षिक सुधारका लागि धेरै कामहरु गरिरहेकाले सहयोग का लागि अाग्रह गर्नु भयो ।
कार्यक्रममा वार्ड नम्बर १२ का सदस्य नारायण बस्यालले बिधार्थि हरुको पढाईका बारेमा अभिभावक ले पनि चासो र चिन्ता लिनु पर्ने बताउदै शैक्षिक क्षेत्रमा अामुल परिवर्तन जरुरि रहेको बताउनु भयो ।
१२ नम्बर वार्ड बाट बिनियोजित रकम बाट ९० जना बिधार्थिहरु हरुलाई शैक्षिक सामाग्री तथा ड्रेस बितरण गरिएको हो ।त्यस्तै सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष नारायण खड्काले ज्ञान प्रकाश माबिमा भलिबल नेट पम्प बितरण गर्नु भएको छ भने ।नगर सदस्य नारायण बस्यालले ५० जना बिधार्थि हरुलाई अलईन वान पुस्तक साबेल ईलेजर ब्यक्तिगत लगानीमा बितरण गर्नु भएको छ ।विधार्थि हरु अङ्ग्रेजी बिषमा दक्ष हौन भन्ने उदेश्य ले पुस्तक बितरण गरेको बस्यालले बताए ।