ढाकाबाङको सिटेनीमा सात दिने व्यावसायिक शिपमुलुक तालिम सम्पन्न

माधव खनाल 
ढाकाबाङ, अर्घाखाँची वैशाख २५   ।  स्थानीय पुर्बाधार बिभाग राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम  अन्तर्गत सीप बिकास तालिम भुमिकास्थान नगरपालिका वडा न १ ढाकाबाङको सिटेनीमा सम्पन्न भएको छ  ।
सीप बिकास तालिम अन्तर्गत बेमौसमी तरकारी खेती ,मौरिपालन र झोला बुनाइ कार्यक्रम रहेको थियो समापन कार्यक्रममा मन्तव्य राख्दै एस एन आर टिपिका क्षेत्रिय संयोजक पदम शर्माले सीप सिकेर सिपलाइ व्यावहारमा लागुगर्न सकेमा मात्र सिप सिकेको औचित्य रहने बताउनु भएको थियो ।
 कार्यक्रममा मन्तव्य राख्नेहरुमा कार्यक्रम संयोजक उत्तम नेपाल एस एन आर टिपि का सामाजिक परिचालक दिपेन्द्र चौधरी मौरिपालन प्रशिक्षक खुविरामा खनाल पत्रकार माधव खनाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।
 कार्यक्रम भुमिकास्थान १ का अध्यक्ष भोजराज खनालको अध्यक्षता भुमिकास्थान नगरकार्यपालिका सदस्य शान्ता खनालको स्वागत र एस एन आर टिपिका दिनेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रम पुर्वाधार बिकास कार्यालय गुल्मी , फिल्ड कार्यालय अर्घाखाँचीको र आस्था नेपाल अर्घाखाँचीको आयोजनामा सञ्चालन भएको थियो कार्यक्रममा भुमिकास्थान १र २ का ४० जना प्रशिक्षार्थिको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु