मधुसुधन पाण्डे
अर्घातोष, अर्घाखाँची बैशाख २५ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वाड न.८ अर्घातोषको गदौरी तौवा सल्लेरी जङ्गलमा हिजो दिउँसो करिब १२ बजे भीषण आगालागी हुँदा तौवा माथी गोपालका रिजाल र देउकुमारी खत्री क्षेत्रिको घर जलेर ठूलो क्षती भएको छ।
आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँपालिकाले आज सहयोग वितरण गरेको छ । छ्त्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल ,विपत ब्यबस्थापन समितिका सदस्य तथा स्वास्थ प्रमुख विश्वदेव न्यौपाने ,वाड न.८का वडा अध्यक्ष राजकुमार श्रेष्ठ ,वाड सदस्य पशुपति कुवर र जिल्ला रेडक्रस अर्घाखाँची जिल्ला शाखाका उपसभापती तथा छत्रगन्ज उपशाखाका सभापती कैलाश कुमार श्रेष्ठ र जिल्ला शाखा रेडक्रसका सदस्य नवराज रायमाझीले संयुक्त रुपमा सहयोग प्रदान गर्नुभएको हो।छ्त्रदेव गाउँपालिका विपत ब्यबस्थापन कोषबाट १५०००,वाड न.८का जनप्रतिनिधिबाट ब्यक्तिगत रुपमा ५००० गरि नगद जम्मा २०००० गोपाल रिजाललाइ हस्तान्तरण गरिएको थियो ।
त्यस्तै रेडक्रस छत्रगन्ज उपशाखाको तर्फबाट राहत सामग्री त्रिपाल,कम्बल ,लत्ताकपडा ,भाँडाकुँडा समेत वितरण गरिएको सभापति कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उक्त ठाउँमा आगो नियन्त्रण गर्नजिल्ला सदरमुकाम सन्धिखर्कबाट नेपाली सेनाको टिम दमकल सहित,अर्घातोस प्रहरी चौकिको सिङ्गो शक्ति परिचालन गरिएको थियो।
केही समयअगाडि आगो नियन्त्रणमा आएको भनिएपनि ठुलाठुला मुडामा आगो सल्किरहेको र जमिन भिरालो भएको कारण ती मुडाहरु पल्टिएर पुन आगलागी हुन सक्ने भएकोले स्थानीय बासिन्दा त्रसित बनेको बताईएको छ