नेत्र मरासिनी
ठाडा, अर्घाखाँची बैशाख २५ । बिगत केही दिनदेखी जंगलमा लागेको डडेलोले शितगंगावासीको निद्रा हराम भएको छ ।
शितगंगा नगरपालीका अन्तर्गत रहेका अधिकांश सामुदायिक तथा राष्ट्रिय वनमा यतिबेला व्यापक डडेलो लागेको छ । वनमा लागेको आगो जुनसुकै बेला घरमा सल्कीन सक्ने भन्दै अधिकाशं शितगंगावासी रातको समयमा समेत राम्रो संग सुत्न सकेका छैनन ।
घर नजिकैको जंगल डडेलोले सखाप पारीसक्यौ,कुनबेला घरमा आगो सल्कीने हो, न दिनमा भोक छ नत रातमा निन्द्रा शितगंगा १० वहखोर निवासी ओम बहादुर शारुले गुनासो गरे । शितगंगा नगरपालीका ४,६,७,८,९,१० र १३ वार्डका अधिकांश वनमा अहिले डडेलो लागीरहेको छ ।
वडा नम्बर-८ को फुर्के सल्लीमा मंगलवार वनमा लागेको डडेलो वस्तीमा पस्दा तीन घर जलेर पुर्णरुपमा नष्ट हुँदा करीव १२ लाख बराबरकोे क्षती भएको छ भने कैयौं घरहरु उच्च जोखिममा रहेका छन ।
करीब ८० प्रतिशत भूभाग वनले ढाकेको,धेरै जसो घरहरु खरको छाना भएको हुनाले पनी यस क्षेत्रमा आगोलागीको उच्च जोखिम रहेको छ । यस क्षेत्रमा बर्षेनी हुने आगोलागीका कारण कैयौ मानीस घरवार बिहिन हुने गर्दछन् भने वनमा रहेको करोडौको काठ जलेर नष्ट हुने गर्दछ । बर्षेनी वननै सखाप हुनेगरी डडेलो लागीरहँदा सम्बन्धित निकायले भने खासै चासो दिएको पाइदैन ।