अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा खानेपानीको हाहकार भएको छ ।
पानीका मुहान सुक्दा सन्धिखर्कमा खानेपानीको ठुलो हाहकार भएको छ ।
पानीका मुहान सुकेपछि सन्धिखर्क साना सहरी खानेपानी आयाेजनाले सन्धिखर्कमा भोली बैशाख २७ गते देखि १ दिन बिराएर खानेपानी वितरण गर्ने भएको छ ।
सन्धिखर्क साना सहरी खानेपानी आयाेजनाले जारी गरेको सुचना अनुसार सन्धिखर्क साना शहररी खानेपानी आयाेजनामाकाे चलिरहेका समवेलहरूमा प्रयाप्त मात्रमा पानी नभई समवेलहरूमा समस्या आएकाेले दैनिक रूपमा चलि आएका माेटरहरूलाई पानीकाे मात्रा अपुग भएकाेले २४ घन्टा चल्ने माेटरलाई १५ घन्टामा झारिएकाे कारणले गर्दा उपभोक्ताहरूकाे खानेपानीकाे आब्श्यकतालाई मध्ये नजर गरि भोली शुक्रबार देखि १ दिन बिराएर खानेपानी वितरण गर्ने भएको हो ।
सन्धिखर्क साना सहरी खानेपानी आयाेजनाले भाेलिकाे देखि १ दिन बिराएर तपशिलका स्थानहरूमा खानेपानी उपलब्ध गराउने बताएको छ:- जानाकारी गराउदछाै !! यस बाट ग्राहक वर्गमा जाने असुविधा प्रति हामी क्षयमा प्रार्थी छौ।
मिती २०७६/१/२७
१.हल लाईन बाणिज्य बैक लाईन
२.सन्धिखर्क वजार एरिया
३.शितलनगर
४.ट्राफिक देखि तारामार्ग तल्लो लाईन हुदै स्याले वजार सम्म
मिती २०७६/१/२८
१.हटारी
२.चुत्रावेशी
३.वसपार्क लाईन क्याम्पस रोड
४.गुन्टिखोला तल्लो लाईन
५.साथीहोटल लाईन
६.तल्लो इसारा
७. हल लाईनको तल्लो लाईन
८.शंखेटारी
९. नयावजार
१०.पाणिनीचोक उपल्लो इशारा
११.भडखारी अफिसलाईन