अर्घाखाँचीमा कांग्रेसको राष्ट्रिय जागरण अभियान विपी स्मृती भवनमा उद्धघाटन

घनश्याम पौडेल सन्धिखर्क एफ.एम 
सन्धिखर्क, अर्घाखाँची, २५ बैशाख । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले दुईतिहाईको सरकारले बेथिती बढाएको टिप्पणी गरेका छन् । सरकार भएपनि जनता न्यायको सट्टा अन्यायमा परेको बताएका छन् ।
हिमाल, पहाड, तराई मधेस नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको अर्घाखाँचीको सन्धिखर्क विपी स्मृती भवनमा उद्धघाटन गर्दै नेता उपाध्यायले सुनकाण्ड, हवाईटवोडी काण्ड, ललिता निवास काण्ड, निर्मला हत्या काण्ड लगाएत काण्डै काण्डमा सरकार मुछिएपनि कुनै समस्या समाधन गर्न नसकेको बताए । सरकार सबै काण्डसँग आवद्ध भएको र सरकारलाई सबै काण्डको जानकारी भएपनि जनताको आखाँमा छारो हाल्ने काम गरेको बताए ।
नयाँ पुस्तालाई राजनितिमा सक्रिय बनाउँनमा जागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । अर्घाखाँची जिल्लामा प्रतिनिधि भएर आएका नेता उपाध्यायले जागरण अभियानले दुईतिहाई बहुमतको सरकारले देशमा गरेको वेथितीको भण्डाफोर गर्ने बताएका छन् । काँग्रेस सड्क, सदन र जनताको माझमा पुगेर सरकारको विरोध गर्छ, सरकारले आफना आसेपासे बाहेक जनताको हितको लागी कुनै पनि काम गर्न सकेन, काँग्र्रेस केही समय चुप लागेपनि अब चुप लाग्न सक्दैन, नेता उपाध्यायले भने ।
पुर्व मन्त्री रेवतिप्रसाद भुसालले सार्वजनिक ठाउँमा नेपाली काँग्रेसले प्रतिपक्षको भुमिका खेल्न नसकेको बताउँदै अबदेखि काँग्रेस जागेको बताए । पुर्व काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका भुसालले महासमिति बैठकबाट काँग्रेस गाउँगाउँमा जाने अभियान ल्याउँनु पर्ने आवाज उठेकाले गाउँमा काँग्रेस अभियान लिएर हिडेको बताए ।
उनले महासमिति सदस्यलाई दिएको आश्वासन पार्टिले पूरा नगरेको भुसालले बताए । सरकारले गरेका गलत कामको विरोध काँग्रेसले गाउँ गाउँमा पुगेर गर्ने भुसालले बताए । गैर संसदीय शव्द प्रधानमन्त्रीले प्रधान गरेको भुसालले बताए । शुसासनको नारा दिएको सरकारले कुशासनको बाटोमा लागेको आरोप लगाए । अधिनायको बाटोमा ओलि सरकार लागेको भुसालले बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले जनजागरण अभियानमा सबै एकजुट हुन आग्रह गरे । उनले सबै टोलटोलमा काँग्रेस पुग्ने बताउँदै तीन चरणमा जनजागरण अभियान सँगै प्रशिक्षण कार्यक्रम गर्ने बताए । कार्यक्रम नेपाली काँग्रेसका सभापती विष्णुप्रसाद खनाल मुस्कानको अध्यक्षता, उपसभापति शान्ता भण्डारीको स्वागत र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
काँग्रेस अर्घाखाँचीले स्थानिय निकाय समन्वय विभागको प्रमुखका नेत्रप्रसाद भट्टराई, प्रचारप्रसार विभागको प्रमुखमा माधव पौडेल, कृषि वन तथा वातावरण विभागको प्रमुखमा विष्णु क्षेत्री, कला तथा संस्कृति विभागको प्रमुखमा मणिराम परियार, शहिद परिवार तथा द्धन्द्ध व्यवस्थापन विभागको प्रमुखमा हेमन्त बेल्वासे, गैरसरकारी संस्था समन्वयको विभागको प्रमुखमा ज्ञानबहादुर विक, महिला तथा बालबालिका विभागको प्रमुखमा संगीता बेल्वासेलाई मनोनयन गरिएको जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए । 

अन्य समाचारहरु