सन्धिखर्कमा अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची बैशाख २७ – अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
 बैठक संघका जिल्ला अध्यक्ष प्रकाश भुसालको संयोजन र संस्थाका तुल्सीराम खनाल,चन्द्रप्रसाद बन्जाडे, आत्मसिंह घर्ति उत्तममणी मिश्र लगायतको सहजी करणमा सम्पन्न भएको हो ।
बैठकले सदस्यता बृद्धि,स्थानियतह संगको समन्वय, संघको कार्यालय स्थापना र व्यवस्थापन,मासीक रीपोर्ट,संस्था नबिकरण,सदस्यहरुलाई तालीम,सहकारीको एकरुपता,पत्रीका प्रकाशन,रेडियो कार्यक्रम प्रसारण लगायतका बिबिध बिषयमा सर्बसहमत रुपमा निर्णय गरीएको संघका जिल्ला अध्यक्ष प्रकाश भुसालले जानकार िदिनु भयो ।
जिल्लामा कुल ७३ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता भएपनि संघमा भने जम्मा २७ वटा सहकारी मात्र दर्ता भएको संघले जनाएको छ । संस्थाको हाल १ लाख ३५ हजार रुपैया शेयर पुँजि रहेको छ ।

अन्य समाचारहरु