अर्घाखाँचीमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको गठन, अध्यक्षमा आचार्य चयन

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । देश भित्र रहेका लोक भजनहरुको संरक्षण सम्बर्धन र सबैलाई संगठित गर्ने उद्धेश्यका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान अर्घाखाँचीको तदर्थ समिति गठन भएको छ ।
 प्रतिष्ठानका केन्द्रीय बरीष्ठ उपाध्यक्ष नारायण खनाल लेकालीको प्रमुख आतिथ्यतामा सनिबार सन्धिखर्कमा सम्पन्न एक भेलाले केशब आचार्यको अध्यक्षतामा १३ सदस्यीय अधिवेशन तदर्थ समिति अर्घाखाँचीको निर्माण भएको हो ।
जसको सचिबमा मेघनाथ आचार्य र कोषाध्यक्षमा सीता पौडेल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा तारा प्रसाद भुसाल,बासुदेब भट्टराई ,मेनुका भट्टराई,दिपक रीजाल,खिमानन्द घिमिरे,बिष्णु प्रसाद पौडेल,कृष्ण प्रसाद पौडेल,रामप्रसाद भट्टराई,भेषराज चुँदाली र यज्ञ खनाल रहनु भएको प्रतिष्ठानले जनाएको छ । भेलाले नारायण प्रसाद खलाल,नारायण भुसाल,दामोदर अधिकारी,शान्ता खत्रि र सहयागी बिसीलाई सल्लाहकार समितिमा चयन समेत गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका ५ नम्बर प्रदेश संयोजक नारायण भुसाल,रुपन्देही अध्यक्ष दामोदर अधिकारी पत्रकार श्याम घिमिरे लगायतको उपस्थीति रहेको थियो । हाल ४२ जिल्लामा गठन भएको प्रतिष्ठान १ बर्ष भित्रमा ७७ वटै जिल्लामा पु¥याउने लक्ष्य राखीएको प्रतिष्ठानले जनाएको छ ।

अन्य समाचारहरु