अर्घाखाँचीडट्कम संवाददाता
गर्छा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं २ मरेङको गर्छामा भीषण आगलागी भएको छ ।
मरेङको गर्छामा रहेको श्रीनगर महिला सामुदायिक बनमा आगलागी भएको हो । श्रीनगर महिला सामुदायिक बनको अधिकांश भाग आगोले सखाप परेको छ । साथै जंगलको केही भाग नियन्त्रणमा आएको छ ।
आगलागीले गर्दा यहाँका अधिकांश सर्वसाधारण त्रासमा छन् । वनका नजिकका घरहरु आगलागीको उच्च जोखिम छन् । आगो निभाउन स्थानियबासी लागि परेका छन् ।
मालारानी गाउँपालिका वडा नं २ को बारेमा:-
जनसंख्या: २४१४
वार्डको संपर्क: ९८५७०६११८३
मालारानी गाउँपालिकामा भएको २ नं वडा साविकका अर्घातोष वडा नं. ७,८,९ र मरेङ १,२,३ मिलि बनेको हो । यस वडामा जम्मा ६०५ घरधुरी छन् । यस वडामा जम्मा २४१४ जनसंख्या रहेको छ जसमा १०११ पुरुष र १४०३ महिला रहेका छन् । २ नं वडाका मुख्य बस्तिहरू सूर्यथुम र डाडाकटेरी रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा बिष्णु प्रसाद भुसाल निर्वाचित हुनु भएको छ ।