ठाडामा यात्रुबाहक बस र ट्याक्सी एक आपसमा ठोक्किदा दुर्घट्ना, एक जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा यात्रुबाहक बस र ट्याक्सी एक आपसमा ठोक्किदा दुर्घट्ना भएको छ । दुर्घट्नामा एक जना घाइते भएका छन् ।  
सितापुर र ठाडाको बिचमा सन्धिखर्क देखी बुटवल जादै गरेको लु १ ज् ३८२५ नम्बरको ट्याक्सी र  यसैगरी बुटवल देखी सन्धिखर्क आउँदै गरेको लु १ ख ८३३७ नम्बरको बस एक आपसमा एक्कासी ठोक्किदा  दुर्घटना भएको हो ।
दुर्घटनामा कुनै मानविय क्षती नभएको जानाकारी डट कम प्रतिनिधी डि आर जी सुमनले जानकारी गराउनु भएको छ । 
यसैगरी बसमा सबार अन्दाजी बर्ष १८ पाणिनी गाउँपालिका शतिनेटा घर भएकी बिमला घर्ती ठाडा स्ठित ज्योती उ मा बी बाट  कक्षा ११ को परिक्षा  दिएर घर फर्कने क्रममा घाइते हुँदा हात र खुट्टामा चोट लागेको छ । उनको अहिले स्थानिय  ठाडा स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। 
दुर्घटनाको मुख्य कारण साघुरो र घुम्टी बाटो भएको प्रहरीको भनाइ छ ।  

अन्य समाचारहरु