भगवतीमा सेबाप्रदायक र सेबाग्रहीहरुको बीच सामुदायिक अन्कपत्रको बारेमा प्रारम्भिक छलफल सम्पन्न

( प्रकासित मिती: २०७६ वैशाख ३१, मंगलवार)

रुद्रमणि भुसाल
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड न ७ भगवतीको  स्वास्थ्य चौकी  भगवतीमा सामुदायिक अंक पत्र सुरु भएको छ । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत सुरु भएको कार्यक्रममा स्वास्थ्य संस्थाले दिइने सेवा प्रवाहमा केन्द्रित भई न्यूनतम र अधिकतम अंक दिइने छ । 
सामाजिक जवाफदेहिताका औजार मध्येको सामुदायिक अंक पत्रमा सेवाको सवाललाई सूचकको रुपमा लिइएर सेवा प्रदायक र सेवाग्राहीले छुट्टा छुट्टै रुपमा अंक प्रदान गरिन्छ । जसको अन्तिममा आमने सामुन्ने बैठकको आयोजना गरिन्छ । 
कार्यक्रममा निमित्त वडा अध्यक्ष गोपाल मरासिनीले सामुदायिक अंक पत्रबाट आएका सवालहरुको सम्बोधन गर्न वडा कार्यालय तत्पर रहेको बताउनुभयो । उहाँले सुझाव संकलन गरी सम्बोधन गर्ने सशक्त माध्यम तयार भएको पनि बताउनुभयो । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला अध्यक्ष हृदयकुमार भुसालले संस्थाले सुशासन र सेवाको प्रभावकारीताका निम्ती सामुदायिक अंक पत्र गर्न लागेको जानकारी गारउनुभयो । कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज कमलप्रसाद पाण्डेले सेवामा प्रभावकारीता ल्याउन झनै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्य समाचारहरु