सुर्य भुसाल
अर्घातोष, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले सहकारीको माध्यमबाट मालारानी गाउँपालिकालाई नेपालको उत्कृष्ट गाउँपालिका बनाउने बताउनु भएको छ ।
उहाले युवाहरुलाई रोजगारी दिनका लागि कृर्षि सहकारी मार्फत गाउँटोलमा युवा सरोजगार कार्यक्रम लागू गरिने बताउनु भयो । मालारानी गाउँपालिकाका अधिकाम्स योजनाहरु समयमा सम्पन्न भएको बताउदै उहाले कृर्षि पहुपालन तथा अन्य आयआर्जन मार्फत गाउँपालिका नमुना बनाउने बताउनु भयो ।
मालारानी गाउँपालिका अहिलेपनि किकासले तिब्रता लिएको गाउपालिका हो । जहाँ ९० प्रतिशत योजना फागुनमा नै सम्झौता गरि काम सकिएको थियोे । गाउँ- गाउँमा जनताको घरमा पुगेर योजना सम्झौता गर्ने उपभोक्ताहरुको खाता सन्चालन गर्ने जस्ता रचनात्मक काम गरेर चर्चामा आएको गाउँपालिका अहिले पनि बिकासका कामहरु तिब्र गतिमा अगाडि बढाएको हो ।
उक्त गाउँपालिकामा उपाध्यक्ष प्रमिला क्षेत्री हुनुहुन्छ । जनप्रतिनिधि र कर्मचारीको नङ र मासुको सम्बन्ध भएको गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र मरासिनी योजना अधिकृत नेत्र प्रसाद खनाल लेखापाल कृष्ण पान्डे हुनुन्छ भने उक्त पालिकामा प्राबिधिकको रुपमा कुसल प्राबिधिक हरिषचन्द पान्डे छन् ।
यसले गर्दा पनि बिकासले दुर्त गति लिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यको भनाइ छ ।