सुर्य भुसाल
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा जेष्ठ नागरिक परिचयपत्र बितरण तथा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा आफु निकै हर्सित भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ ले सन्धिखर्कमा अायोजना गरेको जेष्ठ नागरिक परिचयपत्र बितरण तथा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख भुसालले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने स्वास्थ्य परिक्षण गर्ने परिचयपत्र बितरण गर्ने जस्ता कार्यक्रमलाई नगरपालिकाले थप ब्यबस्थित गराउने बताउदै अामा बुवाको सेवा गर्नु असल छोरा छोरिको दायित्व भएको बताउनु भयो ।

उहाले नगरपालिका को किकासका लागि अाफुहरु दिनरात खटिएको अबस्थामा सानातिना अारोप लगाउनु स्वाभाविक भएको बताउदै समचार हरु बनाउदा सत्य मा अाधारित बनाउन अाग्रह गर्नु भयो ।कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले अब वार्ड हरुले यस्ता खालका रचनात्मक कामहरु गर्नु पर्ने बताउदै जेष्ठ नागरिक अामा बुवाको स्वास्थ्य लाभको कामना गर्नु भयो ।बिकले नगरपालिका बिकासको गतिमा अगाडि बढेको बताउदै नगरवासिको चाहाना अनुसारको काम गर्ने अाफुहरु को दायित्व भएको बताउदै त्यो दायित्वबाट पन्छन जनप्रतिनिधि हरु नहुने बताउनु भयो ।शिक्षा स्वास्थ्य रोजगारी मुलक कार्यक्रम अहिले को मुख्य अाबश्यक्ता रहेको बताउदै सबै को सल्लाह सुझाब अनुसार अगाडि बढने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालिले नगरपालिका भित्र पार्दर्सिता ल्याउनका लागि अाफुले अनुगमन नगरि योजना हरुको भुक्तानी नगर्ने बताउदै नगरको बिकासका लागि कुनै कसुर बाकि नराख्ने बताउनु भयो ।कार्यक्रममा वार्ड अध्यक्ष मोतिजग रायमाझी ले वार्ड नम्बर २ भित्रका हरेक योजना मा गुणस्तरीय काम नगरे भुक्तानी का लागि सिफारिस नगरिएको ले अनुगमन गरेर मात्रै योजनाको भुक्तानि सिफारिस गरिएको बताउनु भयो ।
कार्यक्रम मा नगरपालिका का बालबहादुर क्षेत्री महिला साखा प्रमुख बेलकुमारि परियार पुस्पा भुसाल वार्ड सदस्य सुस्मा श्रेष्ठ लगाएतका जनप्रतिनिधि हरु को सहभागी ता रहेको थियोे ।