सन्धिखर्कमा समाज रुपान्तरणमा प्रगतिशील साहित्यको भुमिका बिषयक बिचार गोष्ठी सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रगतिशील लेखक संघ अर्घाखाँचीको आयोजनामा आज समाज रुपान्तरणमा प्रगतिशील साहित्यको भुमिका बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।    
कार्यक्रममा मनतब्य राख्दै प्रगतिशिल लेखक संघका केन्द्रीय सचिब प्रकाश थापाले समाजलाई नयाँ रुप दिने कार्य नै प्रगतिशिलता भएको बताउदै आफुहरु लेखनको माध्यमबाट समाज परीवर्तनमा लागेको बताउनु भयो । थापाले सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने भन्दै गतिशिलता भित्र प्रगतिशिलता हुने भएकोले लेखन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
संघका जिल्ला अध्यक्ष बुद्धिबहादुर रायमाझीको अध्यक्षता,उपाध्यक्ष कमलप्रसाद घिमिरेको स्वागत मनतब्य र सहसचिब भेषबहादुर केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर बिक, संघका प्रदेश प्रतिनिधि बिजुला रायमाझी,बामपन्थी साहीत्यकार कुलचन्द्र मरासीनि,नेकपा नेता जर्नाजन खनाल,राजमो नेता सागर केसी संघका जिल्ला सचिब कमल घिमिरे लगायतले शुभकामना मनतब्य राख्दै समाज परीबर्तनमा संघको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
प्रगतिशिल लेखक संघका केन्द्रीय महासचिब समिर सिंहद्धारा लिखित कार्यपत्रको पिताम्वर बन्जाडे, बाबुराम आचार्य र धुब्र केसीले टिप्पणी समेत गर्नुभएकोे थियो ।

अन्य समाचारहरु