खिल्जीको दुरवांगमा पहिलो पटक बस पुगेपछि स्थानियबासीहरु उत्साही

 प्रेमनारायण आचार्य
दुरवांग, अर्घाखाँची। अर्घाखाँचीको खिल्जी दुरवांगमा पहिलो पटक बस पुगेपछि स्थानियबासीहरु उत्साही भएका छन् ।
दुरवांगमा बस पुगेपछि अर्घाखाँचीको भुमिकास्थानको खिल्जी, असुरकोटसँगै छिमेकी प्युठानको ऐरावती गाँउपालिका दांगबागका स्थानीयहरु पनि खुसी छन् ।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले औपचारिक रुपमा बस सेवाको उद्घाटन गरेका हुन् । नगरकै विकट स्थान भनेर चिनिने दुरवांगमा स्थानीयको चाहना अनुसार मोटरबाटो खन्ने काम सकेर बस सेवा सञ्चालन गरिएको नगर उपप्रमुख खडानन्द बेल्वासेले बताए ।
दैनिक रुपमा एक बस आवतजावत गर्ने गरि पश्चिम नेपाल बस व्यवसायी समितिले बस सेवा सञ्चालन गर्ने पश्चिम नेपाल बस व्यवसायी समितिका अर्घाखाँची रुट इन्चार्ज रामबहादुर बस्नेतले बताएका छन् ।

अन्य समाचारहरु