सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सरकारले पत्रकारलाई अङकुश लगाउने गरि ल्याउन लागेकाे प्रेस काउन्सिल विधेयक विरूद्व अर्घाखाँचीका पत्रकारहरूले कालाे झण्डा सहित माेटरसाईकल र्यालि प्रर्दशन गरेका छन् ।
शान्ति बगैचाबाट सुरु भएको मोटरसाइकल -र्याली चुत्राबेसी बजार भक्तिटोला बसपार्क गुन्टिखोला स्याले बजार फुदवाङ हुदै पुन सन्धिखर्कमा आई कोणसभा सम्पन्न गरिएको छ ।
उनिहरुले कालो झण्डा र पाखुरामा कालो पट्टि बाधी सन्धिखर्क बजार लगायत आसपासका क्षेत्रमा मोटरसाइकल र्याली गरि बिरोध जनाएको थिए ।
सरकारले पत्रकारहरुको कलममा अन्कुस लगाउने गरि ल्याउन लागेको विधेयक तुरुन्त फिर्ता नलिए महासंघले चरणबद्ध आन्दोलन गर्ने अर्घाखाँची शाखा अध्यक्ष हिम लेकालिले बताए ।
कोणसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता सचिब सुर्य प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।
मिडिया काउन्सिल विधेयक संविधानको भावनाविपरीत ल्याइएको र यसले सम्पूर्ण सन्चार क्षेत्रलाई बन्धक बनाउन खोजिएको आरोप लगाउँदै सन्चारकर्मीले देशभर प्रदर्शन गरेका हुन् ।