सिद्दाराको सामाकोटमा आगामी जेष्ठ ११ गते एक दिने एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुने

अर्घाखाँचीडट्कम संवाददाता 
सामाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर -१० सिद्दाराको सामाकोट आधारभुत विद्यालयको प्राङ्गणमा एक दिने एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा मालारानी गाँउपालिकाको सहयोग र समन्वयमा आगामी जेष्ठ ११ गते संचालन हुने घुम्ती सेवा शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, सन्धिखर्क जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा शिविर सञ्‍चालन, RIM र SIM Card वितरण, समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्‍चालन , उद्योग/व्यापारिक फर्म दर्ता तथा नविकरण, लागु औषध निषेध, मदिरा नियन्त्रण, लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान सञ्‍चालन , माटो परिक्षण, किरा तथा रोग परिक्षण सेवा, झाडी सुधार कार्यक्रम, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गरिने बताइएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाभर एकिकृत घुम्ति सेवा शिविर सञ्चालन गर्दै आएको छ । 

अन्य समाचारहरु