अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंसपुरको तुल्चौरकी एक किशोरी सदरमुकाम सन्धिखर्कबाट बेपत्ता भएकी छिन् ।
हंसपुरको तुल्चौरकी १६ वर्षिया सरस्वता रोका मगर सदरमुकाम सन्धिखर्कबाट गत वैशाख ३१ गते मंगलवारदेखि बेपत्ता भएकी हुन् ।
सरस्वता पढाईको लागि कोठा भाडा लिएर सन्धिखर्कमा बस्दै आएकी थिईन् । सरस्वता मंगलवार बिहान ९:३० बजेदेखि संपर्कमा नआएको परिवारले बताएको छ ।
साथै परिवारले छिमेकी, साथीभाई जताततै खोज्दा पनि फेला नपारेपछि खोजिदिन प्रहरी लगायत सबैलाई अनुरोध गरेका छन् ।
कसैले देखेमा नजिक प्रहरी वा ९८२६०४५५४१, ९८४७००२५१७, ९८४७४९०७२५ फोन नम्बरमा संपर्क गर्न सकिनेछ ।