अड्गुरीको मौलीपोखरामा हरेक शनिबार हाटबजार संचालनमा (भिडियो, फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता
मौलीपोखरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७  अड्गुरीको मौलीपोखरामा हाटबजार संचालनमा आएको छ ।
श्री अड्गुरी कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा हरेक शनिबार अड्गुरीको मौलीपोखरामा हाटबजार संचालनमा आएको हो ।
हरेक शनिबार लाग्ने हाटबजारमा स्थानियहरुले खेतबारीका खुर्सानी, लौका, गोलभेँडा, गोबी लगायतका तरकारी, फलफुलहरी बिक्री गर्न ल्याउने गरेका छन् । यस्तै अड्गुरी कृषि सहकारी संस्थाले हाटबजारमा किन्ने उचित ग्राहकहरुलाई पुरस्कारको व्यवस्था समेत गरेको छ ।
पहाडी भेगमा हाटबजार खासै नहुने भए पनि स्थानीय कृषिजन्य उपजको प्रवद्र्धनका लागि हाटबजार सञ्चालनमा ल्याइएको हो । साप्ताहिक रुपमा हरेक शनिबार लाग्ने हाटबजारमा स्थानीय उत्पादन विक्रीबितरण गरिन्छ ।
हाटबजार लागेपछि यहाँका कृषकसमेत हर्षित छन्।

अन्य समाचारहरु