शितगंगाका १४ वटै वार्डमा नाई पसल संचालन गर्न सितापुरमा १५ दिने कपाल काट्ने तालिम शुरु

श्याम घिमिरे 
सितापुर, अर्घाखाँची  ।   अर्घाखाँचीको शितगंगा  नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले १४ वटै वार्डमा नाई पसल संचालन गर्न कपाल काट्ने तालिम शुरु गरेको बताउनु भएको छ । 
नेपाल नाई संघ अर्घाखाँचीको आयोजनामा आईतबारबाट सुरुभएको १५ दिने तालिमको उद्घाटन गदै नगर प्रमुख अधिकारीले वडामै स्वरोजगार बनाउने उदेश्यले नगरपालिकाले आय–आर्जनमुलक तालिम संचालन गर्दे आएको बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख टिका रेश्मी ,प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी ,वाड नं २ का वडाअध्यक्ष हेमनाथ भुसाल , नेपाल नाईसंघका जिल्ला अध्यक्ष दिनेश ठाकुर लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । कपाल काट्ने तालिममा १४ जनाको सहभागिता रहेको नगरपालीकाले जनाएको छ ।

अन्य समाचारहरु