डिभर्नामा
अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्नामा ६० वर्ष पुगेका जेष्ठ नागरिकका लागि परिचय पत्र वितरण र निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्नाको आयोजनामा आगामी जेष्ठ १२ गते आईतबार ६० वर्ष पुगेका जेष्ठ नागरिकका लागि परिचय पत्र वितरण र निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो ।
जेष्ठ नागरिकका लागि परिचय पत्र वितरणमा एक प्रति नगरिताको प्रतिलिपी र २ प्रति फोटो आवश्यक पर्ने बताएको छ । यस्तै स्वास्थ्य शिविरमा निशुल्क औषधी वितरण गरिने वार्ड नं. १२ ले बताएको छ ।