सन्धिखर्कमा नि:शुल्क बल्डप्रेसर चेकजाँच कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रक्तचाप मापन राष्ट्रिय अभियान अन्तर गत आयोजित नि:शुल्क बल्डप्रेसर चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
बल्डप्रेसर चेकजाँच कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले स्वास्थ्य संस्थाहरुको स्तर उन्नतिका लागि नगरपालिकाबाट आगामी बर्ष थप नयाँ योजना अगाडि सारिने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले मानिस स्वास्थसँग बाच्न र निरोगी हुनका लागि खानपान आहार बिहारमा ख्याल गर्नु पर्नेमा जोड दिदै नागरिकले आफ्नो स्वास्थ्य प्रति ख्याल गरेर चेकजाँचलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । उहाले नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा नगरवासीको उपचारका लागि निशुल्क औषधिको कमि हुन नदिने बताउदै नि:शुल्क सिबिर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगरपालिका भित्र निशुल्क औषधि कमि हुन नदिने बताउनु भयो ।  उहाले नगरको बिकास भनेको स्वास्थ्य पनि पहिलो खुड्किला भएकोले यसको बिकासका लागि कुनै कसुर बाँकी नराखिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सन्तोष न्यौपानेले बिरामीको स्वास्थ्य चेक जाँच गर्नु भएको छ । कार्यक्रम पुस्पा थापाको अध्यक्षता गणेश पौडेलको सन्चालन धर्म भट्टराईको स्वागत मन्तब्यमा शुरु भएको हो ।

अन्य समाचारहरु