सुर्य भुसाल
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अड्गुरीमा एनआईसी एसिया बैंक लिमिटेडले २७ औँ शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।
अड्गुरीमा एनआईसी एसिया बैंक लिमिटेडले २७ औँ शाखा रहित बैंकिङ सेवा शुरुवात गरेको हो । पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले शाखारहित बैंकिङ सेवाको एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
सो अवसरमा अध्यक्ष गौतमले सामाजिक सुरक्षा भत्ता पनि बैंकिङ्ग प्रणालाीबाट वितरण गर्ने तयारी गरेको बताएका थिए । उनले बैंकहरुको स्थापनाले विकास निमार्णमा टेवा पुग्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले थैलिमा भन्दा बैंकमा जम्मा बानी बसाल्नु पर्ने बताएकी थिईन् ।
यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जनकराज, वार्ड अध्यक्ष गुनाखर अधिकारी, प्रदेश शाखाका कर्मचारी प्रकाश पन्थी लगायत बोलेका थिए ।
कार्यक्रम एनआईसी एसिया बैंक ५ नम्बर प्रदेशका उपप्रमुख राजन प्रसाद पोख्रेलको अध्यक्षता, एनआईसी अर्घाखाँची शाखा प्रमुख कृष्ण पौडेलको स्वागत र एनआईसी अर्घाखाँची शाखाका कृष्णप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।