सन्धिखर्कमा जबरजस्ती करणी प्रकरण लिएर अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीको आपत्ती, पीडित भन्छन्; हामी जवरजस्ती करणीमा परेका छैनौ, मिडिया-बिज्ञप्ती बाजी नगरिदिनुस्

                                                                             अनुसन्धानका लागि थुनामा रहेका प्रेम खड्का 

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जबरजस्ती करणी प्रकरण लिएर पीडितहरुको भने जवर्रजस्ती करणी नपरेको दावी गरेता पनि अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले आपत्ती जनाएको छ ।
जबरजस्ती करणी प्रकरण प्रति अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीका अध्यक्ष छम कुमारी खनाल चिनारी र सचिव सुशिला गैरेले जारी गरेको बिज्ञप्तीमा नेपालको संविधान २०७२ ले नागरिकका अधिकारहरुलाई ग्यारेन्टी गदै नेपाली नागरिकलाई स्वतन्त्र र सार्वभौम गराएको भन्दै गत वैशाख २६ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ शान्ति वगैचाको होटल क्याराभानमा महिला जवर्रजस्ती करणीमा परेको भनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पिडित महिलाहरुले उजुरी दिएकाले सो बिषयमा निर्वाद रुपमा प्रहरीको अनुसन्धानलाई अगाढि बढाउनुपर्ने अन्तरपार्टी महिला सञ्जालले माग गरेको बताइएको छ । तर पीडितहरुको भने जवर्रजस्ती करणी नपरेको दावी गर्दै आएका छन् ।   
यस्तै अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले ‘पिडितको गोपनियताको हक हनन् गरी पिडितलाई सामाजिक रुपमा थप पिडित बनाई सुरक्षामा समेत हस्तक्षेप गरी भ्रामक र झुटो प्रचार फैलाई पिडितलाई उल्टै बयान समेत र्फेन लगाइएको छ, ‘जर्वरजस्ती करणी गरेको हैन भनि झुटा् गैर कानुनी रुपमा पिडितलाई कागज गराउने अमर्यादित कार्यहरु भएकोले यस्ता गैर कानुनी क्रियाकलापले पिडित, पिडितको परिवार र सिङ्गो समाजलाई नै क्षतविक्षत पारेको हुदा त्यस्ता  न्यायलय र प्रहरी प्रसाशनसँग सरोकार राख्ने निष्पक्ष  अनुसन्धानको विषयलाई सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान र ठुलो हिंसा भएको हाम्रो ठहर छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
सञ्जालले गैर कानुनी कार्यको घोर भत्र्सना गर्दै यस्ता झुटा र निराधार प्रचारको प्रभावमा नपरी घटित जघन्य अपराधको सुक्ष्म, निष्पक्ष र स्वतन्त्र अनुसन्धानबाट दोषी उपर कानुन बमोजिम कडा कारवाही गरी पिढित लाई पुर्ण न्याय दिलाउन जिल्ला प्रहरी कार्यालयको ध्यानाआकर्षण गराएको छ । 
जबरजस्ती करणी मुद्धाका अभियुक्त अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं  १२  निवासी  प्रेम बहादुर खड्काबाट घटेको भन्दै यस्ता घटना कुनै नयाँ विषय नभई केवल पात्र मात्र  फरक भएको पनि बिज्ञप्तीमा उल्लेख छ । खड्का माथि पटक पटक धैरै महिलाहरुलाई आर्थिक तथा शारिरीक शोषण गरी परिवार नै  क्षतविक्षत गराएको घटनाहरु छरपष्ट भएको भन्दै अभियुक्त प्रेम बहादुर खड्कालाई कुनै पनि प्रभावमा नपरी प्रहरीद्धारा निष्पक्ष अनुुसन्धान गरी कानुन अनुसारको कारवाहिको  माग गरिएको छ । प्रकरणलाई लिएर केहि अनलाइन मिडिया तथा ब्यक्तीगत अनुहार पुस्तीका अर्थात फेसबुकमा विभिन्न कुराहरु राख्ने र हटाउने जस्ता पत्रकार आंचार संहिता विपरितका कार्य भएको भन्दै गोपनीयताको हकलाई मध्यनजर गर्न पनि माग गरिएको छ । समाजलाई नै भ्रामक सूचना प्रवाह गर्ने जोसुकै व्यक्तीलाई आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई दोषीलाई कानुन बमोजिम कारवाही गर्न समेत माग गर्दछौँ ‘बिज्ञप्तीमा उल्लेख छ ।       

प्रेम खड्काले यसभन्दा अगाडि पनि बारम्बार आर्थिक र शारिरिक शोषण गर्दै आएको भन्दै गम्भिर आरोप

अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीका अध्यक्ष छम कुमारी खनाल चिनारी र सचिव सुशिला गैरेको दावी अनुसार प्रेम खड्काले यसभन्दा अगाडि पनि बारम्बार आर्थिक र शारिरिक शोषण गर्दै आएको भन्दै गम्भिर आरोप लगाएका छन् । तर उनिहरुले कहाँ कहिले कुनै प्रमाण दिएका छैनन् । सो दावीका बारेमा सामाजिक संजालमा यस्तो प्रतिकिया आएको देखिन्छ:- 

पीडितहरुको भने जवर्रजस्ती करणी नपरेको दावी
तर पीडित भनिएका ती महिलाका अनुसार आफुहरू दुई साथी सदरमुकाम सन्धिखर्क पुगी मालपोत तिरो पनि तिर्ने र सुपादेउराली मन्दिर दर्शन गर्ने योजनामा घरमा पनि जानकारी नदिई सदरमुकाम जाँदै गर्दा पत्रकारको रुपमा हामीले खड्कालाई चिनेको र आफुहरू सुरक्षित हुने गरी एउटा कोठाको व्यवस्था मिलाइदिन सहयोग मागेवापत वहाँले हामीलाई क्याराभान होटलको १०४ नम्वर कोठा मिलाइदिएको, त्यसपश्चात आफुहरूसँग खड्काको कुनै सम्पर्क–सम्बन्ध भएको थिएन । उनीहरूले अगाडि भने– ‘अर्को दिन हामी दुईमध्ये एकजनाले नुहाउन शुरु गरेको र एकजना सुतिरहेको बेला अन्दाजी विहान ६ बजे प्रहरीहरू आई फ्रेस समेत हुन नदिई जिप्रका पुऱ्यायो । शुरुवातमा किन र केका लागि भन्ने विषयमा आफुहरू अनभिज्ञ थियौँ । प्रहरी कार्यालयमा पुगिसकेपछि त्यहाँका उच्चपदस्थ अफिसरहरूले तिमीहरू चरित्रहीन महिला हौ, रातभर प्रेम खड्कासँग पालैपालो चरित्र गुमाएका हौ भनी आरोप लगाए । यो सुनेपछि हामी छाँगाबाट खसेजस्तै भयौँ । यो कुरा स्वीकार नगरेमा घर–परिवारमा कुरा पु¥याइदिने, सार्वजनिक रूपमा बेइजत गरिदिने भन्दै प्रहरीले धम्क्याएपछि हामी रुन थाल्यौँ । दिनभरी नै प्रहरीको त्यो धम्कीका बाबजुद हामीले प्रहरीले भनेअनुसार गर्न मानेनौँ । यसरी दिनभरी त्यत्तिकै राखेपछि विहान फ्रेससमेत हुन नपाएकी मलाई (केआरजी) राती अन्दाजी साढे दश बजे जिल्ला स्थास्थ्य अस्पतालमा लगी मेरो इच्छाविरुद्ध पुरुष डाक्टरमार्फत् मेडिकल चेक गराइयो, उनिहरुले वैशाख ३१ गते मंगलवार सार्वजनिक रुपमा बताएका थिए ।

पीडित महिलाले सार्वजनिक रुपमा बोलेका, उजुरी निवेदन दिएका कुरालाई मिडियामा प्रकासित:
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले भने जस्तो नभएर मिडियामा पीडित महिलाले सार्वजनिक रुपमा बोलेका, उजुरी निवेदन दिएका कुरालाई मिडियामा लेखिएको देखिन्छ । पिडित  महिलाहरुले छुट्टा – छुटै जिल्ला अदालत अर्घाखाँचीमा पठाएका प्रकासित बयान निवेदनहरु उनिहरुको अनुरोधमा पुन: हटाइएको थियो । यतार्थ पीडित महिलाहरुले सार्वजनिक गरेका पक्षहरु हुँबहु प्रकासित गरिएको छ ।  त्यहाँ बोलेका भिडियोहरु भने प्रकाशनमा लिएको छैन् । वैशाख ३१ गते मंगलवार पिडित दुईजना महिलाहरुले आफुहरु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि छुट्टा – छुटै उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए । पिडितहरुले आफुहरु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि मंगलवार अदालतमा उपस्थीत भई स्थानिय संघ- संस्थाका प्रतिनिधि, दलका नेता, सन्चारकर्मी र स्थानियबासीको सामु आफनो भनाई सहितको उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए ।
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले  पीडितलाई अहिलेसम्म भेटेनन्
लगभग आधा महिना बढी समय हुँदा पनि चुप लागेर बसेको अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले सन्धिखर्कमा जबरजस्ती करणी प्रकरण लिएर पीडितहरु भनेर दावी गरेका महिला  पीडितलाई अहिलेसम्म नभेटेको उनिहरुको भनाई छ । यतार्थ सार्वजनिक भएको छ ।  कुनै राजनीतिक दवाब र आर्थिक प्रलोवन नपरेको उनिहरुको भनाई छ । 
पीडितहरुले भने  जबर्जस्ती करणी सुनियोजित षडयन्त्र हो, न्यायको लागि उजुरी निवेदन हस्ताक्षर गरि सार्वजनिक रुपमा जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएपछि पुन: मिडिया बाजी, बिज्ञप्ती बाजी नगर्न अनुरोध गरेका छन् । 
अन्तरपार्टी महिला सञ्जाल
अन्तरपार्टी महिला सञ्जाल नेपालका विभिन्न राजनीतिक दलसँग सम्बन्धित महिलाहरूको सञ्जाल हो । सञ्जालमा राजनीतिक निकट महिला सङ्गठनको प्रतिनिधित्व रहेको छ । महिलाहरुको सामाजिक, आर्थिक, राजनितिक लगायत साझा मुद्दालाई सामुहीक रूपमा उठान, बहस र समाधानका लागि पहल गर्ने उद्देश्यले सञ्जालको गठन गरिएको हो । सङ्गठनले महिलाहरूको सामाजिक, आर्थिक, राजनितिक लगायत साझा मुद्दालाई सामुहिक रूपमा उठान, बहस र समाधानका लागि पहल गर्दछ । महिलाको नेतृत्व तथा क्षमत्ता अभिवृद्धीमा पनि सञ्जालले काम गरिरहेको छ । 
उद्देश्यहरु

महिला माथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्ने, अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरू तथा नेपाल सरकार र सर्वोच्च अदालतले विभिन्न समयमा महिला अधिकार र न्यायको पक्षमा गरेका निर्णयहरुको कार्यान्वयन गराउने र राजनीतिक दल तथा राज्यका सबै संयन्त्रहरुको सम्पूर्ण क्षेत्रमा महिलाहरुको समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य उद्देश्य सञ्जालको रहेको छ । लैंगिक समानता र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने प्रक्रियालाई सुदृढ र कार्यान्वयन गर्न राजनीतिक दल तथा राज्यको सबै संयन्त्रहरुको नीति निर्माण र निर्णय तहमा महिलाको समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्य पनि सञ्जालको रहेको छ । यो सञ्जालले संसदमा महिलासँग सम्बन्धित मुद्दाहरु उठाउँछ भने त्यसमा सबै पार्टीका महिला नेतृहरुले समान धारणा बनाउन पनि सहयोग पुर्‍याउँछ ।      

अन्य समाचारहरु