सिद्धाराको खयरभट्टीमा कांग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची   । अर्घाखाँची जिल्लाको शितगंगा नागरपालिका ११ सिद्धाराको खयरभट्टीमा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । 
 नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा  सुधार ल्याउन  नसकेको बताउनु भएको छ ।   
 नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले बर्तमान सरकरा भ्रष्टाचारको वरिपरि रोमलिएको बताउनु भयो । उँहाले जनजागरण अभियानले कांग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।  
कार्यक्रममानेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान,  पुर्व सभापति कमल भुसाल, जिल्ला उप सभापति शान्ता भण्डारी, जिल्ला सचिब छबिलाल पौडेल , महासमििित सदस्य तथा शितगंगा नगर प्रमुख  सुर्य अधिकारी , महासमिती सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, पुर्व सचिब लोकेन्द्र बिक , पुर्वकोशाध्यक्ष हरि बहादुर खड्का जिल्ला सदस्य पिताम्बर खनाल , जिल्ला सदस्य जुन बहाद्र पुलामी , बाबुराम भुसाल , हेमन्त बेल्बासे ,बिष्णु क्षेत्री , सितगंगा नगरपालिका संयोजक मोती बेल्बासे  , लगायतले प्रशिक्षण दिएका थिए । 

अन्य समाचारहरु